चर्चित गायक मीका सिंहकी म्यानेजर खानको निधन

काठमाडौं, फागुन १० ।
भारतीय चर्चित गायक मीका सिंहकी म्यानेजर सौम्या खानको निधन भएको छ । भारतीय सञ्चारमाध्यमले उल्लेख गरेअनुसार ड्रगको ओभरडोजका कारण खानको निधन भएको हो ।
गायक सिंहले सामाजिक सञ्जालमा सौम्याको मृत्युप्रति शोक व्यक्त गरेका छन् । उनले सौम्याको मृत्युले आफूलाई दुःखी बनाएको उल्लेख गरेका छन् । गायक सिंहले लेखेका छन्, ‘उनले कैयौं मिठा सम्झानाहरू छाडेर गएकी छन् । भगवानले उनको आत्मालाई शान्ति दिऊन् । उनको परिवार र श्रीमानप्रति मेरो समवेदना छ ।’
उक्त घटना फेब्रुअरी २ मा भएको प्रहरीलाई उद्धृत गर्दै पीटीआईले जनाएको छ । प्रहरीकाअनुसार सौम्या डिप्रेशनमा थिइन् र ड्रगको ओभरडोजबाट उनको मृत्यु भएको हो ।
प्रतिक्रिया