डेढ घण्टामा नै सरकारी निर्णय उल्टियाे, काठमाडाैंबाट बाहिर जान नपाइने

काठमाडाैं, चैत्र २७ ।
लकडाउनका कारण अलपत्र परेकाहरूलाई काठमाडाैं बाहिर जान दिने निर्णयबाट सरकार एकाएक पछि हटेको छ । प्रदेश सरकारहरूले विरोध गरेपछि संघीय सरकार आफ्नो निर्णयमा डेढ घण्टा पनि राम्राेसँग टिक्न नसकेको हो ।
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेको सरोकारवाला मन्त्रालयहरूको बैठकले उपत्यकामा अलपत्र परेकाहरूलाई भोलि र पर्सि बाहिर जान दिने निर्णय गरेको थियो ।
तर, संघीय सरकारको निर्णयको प्रदेश सरकारहरूले विरोध गरेको र गृह मन्त्रालयले तत्काल काठमाडाैं उपत्यका बाहिर जाने सवारी साधनको व्यवस्थापन गर्न नसकिने भनेपछि सरकार निर्णयबाट पछि हटेको हो ।
यसअघि ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले सरकारको निर्णयको विरोध गरेका थिए ।
प्रतिक्रिया