बलिउडका चर्चित अभिनेता ऋषि कपुर ६७ वर्षकाे उमेरमा निधन

प्रकाशित मिति: १८ बैशाख २०७७, बिहीबार ०९:२७


काठमाडाैं, बैशाख १८ ।
बलिउड अभिनेता रणवीर कपुरका बाबु एवं चर्चित बलिउडका स्टार अभिनेता ऋषि कपुरकाे ६७ वर्षकाे उमेरमा निधन भएकाे छ । बुधबार मात्र उनलाई अस्पताल भर्ना गरिएकाे थियाे ।

क्यान्सरसँग लडिरहेका अभिनेता कपुरलाई मुम्बईस्थित एचएन रिलायन्स फाउण्डेशन अस्पतालमा भर्ना गरिएको उनका भाई रणधीर कपुरले जानकारी दिएका थिए ।

भारतीय सञ्चारमाध्यमकाअनुसार ऋषि कपुरलाई क्यान्सर र स्वास प्रश्वाससम्बन्धी समस्या रहेकाे छ । अमेरिकामा करिब एक वर्षसम्म क्यान्सरको उपचार गराएपछि उनी गत वर्ष सेप्टेम्बर महिनामा भारत फर्किएका थिए । फेब्रुअरी महिनामा पनि स्वास्थ्य बिग्रिएपछि उनलाई दुई पटकसम्म अस्पताल भर्ना गर्नु परेको थियो ।

बुधबार मात्रै अर्का बलिउड हस्ती इरफान खान ५४ वर्षकाे उमेरमा निधन भएकाे हाे ।


प्रतिक्रिया


ताजा खबर

More

स्वास्थ्य मन्त्रालयद्वारा नागरिकले निःशुल्क रूपमा पाउने सेवाको विवरण सार्वजनिक

काठमाडाैं, चैत २९ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नागरिकले निःशुल्क रूपमा प्राप्त.....

देशभर आंशिक बदली, केही स्थानमा हल्का वर्षा

काठमाडाैं, चैत २९ । अहिले देशमा.....