रेडियाे नेपालकी प्रथम गायिका अधिकारीकाे निधन

प्रकाशित मिति: १९ बैशाख २०७७, शुक्रबार ०९:२२


काठमाडाैं, बैशाख १९ ।
रेडियो नेपालकी प्रथम गायिका रानुदेवी अधिकारीको ८६ वर्षको उमेरमा निधन भएको छ ।

अधिकारीको बिहीबार काठमाडौंमा निधन भएको उनको पारिवारले जनाएको छ । उन पार्थिव शरीरलाई पशुपति आर्यघाटमा दाह संस्कार गरिएको छ ।

रेडियो नेपालको प्रथम गायिका अधिकारीले विराटनगरमा स्थापित प्रजातन्त्र रेडियोमा क्रान्तिका गीत गाएकी थिइन् । उनलाई सास फेर्न कठिन भएपछि अस्पताल लैजाने क्रममा बीच बाटोमा नै निधन भएको थियो । उनका दुई छोरी र एक छोरा छन् ।


प्रतिक्रिया


ताजा खबर

More

स्वास्थ्य मन्त्रालयद्वारा नागरिकले निःशुल्क रूपमा पाउने सेवाको विवरण सार्वजनिक

काठमाडाैं, चैत २९ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नागरिकले निःशुल्क रूपमा प्राप्त.....

देशभर आंशिक बदली, केही स्थानमा हल्का वर्षा

काठमाडाैं, चैत २९ । अहिले देशमा.....