श्रीमती र सासूमाथि खुकुरी प्रहार गर्ने प्रक्राउ

राजविराज, बैशाख २२ ।
सप्तरी जिल्लाको कञ्चनरूप नगरपालिका–५, पिपरास्थित माइतीमा बस्दै आएकी आफ्नी श्रीमती र सासूलाई एक व्यक्तिले खुकुरी प्रहार गरी घाइते बनाएको छ ।
जिल्लाको सप्तकोसी नगरपालिका–७ ओद्राह टोल बस्ने ५० वर्षीय बहादुर सदाले रिसइबीका कारण मादक पदार्थ सेवन गरी माइतीमै बस्दै आएकी श्रीमती माहादेवी सदा र सासू हसनीदेवी सदालाई खुकुरी प्रहार गरी घाइते बनाएको हो ।
खुकुरी प्रहारबाट महादेवीको टाउकामा गम्भीर चोट लागेको छ भने हसनीदेवीको घाँटी काटिएको छ ।घाइते दुवैजनालाई उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
खुकुरी प्रहार गर्ने सदालाई स्थानीय फत्तेपुर प्रहरी चौकीले पक्राउ गरी अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया