नेपाली युवा अमेरिकन आइडलकाे उप विजेता बन्न सफल

प्रकाशित मिति: ५ जेष्ठ २०७७, सोमबार ०८:०३


काठमाडाैं, जेठ ५ ।
विश्व चर्चित गायन रियालिटी शो अमेरिकन आइडलमा नेपाली युवा दिवेश पोखरेल अर्थात आर्थर गन दोश्राे हुन सफल भएका छन् । उनले स्थानीय समयानुसार आज  बिहान भएको १८ औँ संस्करणको फाइनल प्रस्तुतिपछि भएको भोटिङमा दोश्राेत स्थान हासिल गरेका हुन् ।नेपाली कलाकारले हासिल गरेको यो एउटा ऐतिहासिक उपब्धि हो ।

पाँच जनामा भएको फाइनल प्रतिस्पर्धापछि उत्कृष्ट दुई जना छनोट गरिएको थियो । उत्कृष्ट दुईमा आर्थर गन र जस्ट साम छनोट भएका थिए । दिवेश सामसँग पछि परेका हुन् ।

गत फागुनको पहिलो हप्ता भएको अमेरिकन आइडलमा अडिसनबाट छनोटसँगै दिवेशको चर्चा एकाएक चुलिएको थियो । उनी सन् २०१४ मा उच्च शिक्षा अध्ययनका लागि काठमाडौंबाट अमेरिकामा पाइला टेकेका थिए ।

उनी संगीतमा समर्पित भएर लागेको दुई वर्ष मात्रै भएको छ । काठमाडौंको एस कलेज इन्ष्टिच्यूटमा व्यवस्थापनमा प्लस टू उत्तीर्ण गरेपछि उनी अमेरिकातर्फ लागेका थिए ।


प्रतिक्रिया


ताजा खबर

More

स्वास्थ्य मन्त्रालयद्वारा नागरिकले निःशुल्क रूपमा पाउने सेवाको विवरण सार्वजनिक

काठमाडाैं, चैत २९ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नागरिकले निःशुल्क रूपमा प्राप्त.....

देशभर आंशिक बदली, केही स्थानमा हल्का वर्षा

काठमाडाैं, चैत २९ । अहिले देशमा.....