झापाको दूधेमा बस र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु
दमक, बैशाख २२ ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत शिवसतासी नगरपालिका–११ स्थित दूधे चोकमा आज गुडिरहेको बसमा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कनकाई नगरपालिका–३ सुरुङ्गा निवासी २४ वर्षीय लक्ष्मण दाहाल रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को. २९ प ३५९ नम्बरको मोटरसाइकल विपरीत दीशाबाट आउँदै गरेको को. १ ख ४८४२ नम्बरको बससँग ठोक्किएको थियो ।
सो घटनामा गम्भीर घाइते भएका दाहालको उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी हस्पिटल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया