बलिउड अभिनेता ‘मानव’ उर्फ सुशान्त सिंह राजपुत झुण्डिएकाे अवस्थामा फेला

काठमाडाैं, जेठ ३२ ।
बलिउडका एक जमानाका चर्चित अभिनेतासमेत रहेका सुशान्त सिंह राजपुतको मृत्यु भएको छ । इण्डिया टिभी न्यूजले उल्लेख गरेअनुसार उनले मुम्बईस्थित आफ्नै घरमा आत्महत्या गरेका हुन् ।
३४ वर्षीय सिंह लकडाउन यता मुम्बईमा एक्लै बस्दै आएका थिए । आज उनी अपारटमेन्टमा झुण्डिएको अवस्थामा फेला परेका हुन् । प्रहरीले जनाएअनुसार उनको पोष्टमार्टम रिपोर्ट भने आउन बाँकी रहेकाे छ ।
सन् २०१२ मा फिल्म काइ पो चेबाट बलिउड डेब्यु गरेका उनको सबैभन्दा सफल फिल्म हो एम एस धोन : दी अनटोल्ड स्टोरी, फिल्म केदारनाथमा उनको उत्कृष्ट अभिनय रहेकाे थियाे । सुपरहिट फिल्म पीकेमा पनि उनले अभिनय गरेका छन् । हलिउड फिल्म दी फल्ट इन आवर स्टारको रिमेकमा बन्न लागेको दिल बचेरामा उनले काम गरेका छन् । जुन सार्वजनिक हुन भने बाँकी रहेकाे छ । उनको सन् २०१९ मा छिचोरे हिट भएको थियो ।
टेलिश्रृङ्खला ‘किस देशमे हे मेरा दिल’, ‘पवित्र रिश्ता’ लगायतबाट चर्चामा आएका उनले पछिल्लो समय ठूलो पर्दाका चलचित्रहरूमा समीक्षात्मक सफलता प्राप्त गर्दै आइरहेका थिए । ‘पवित्र रिश्ता’मा उनले मानवकाे भूमिकामा अभिनय गरेका थिए । जुन प्राय दर्शकले उनकाे अभिनय मन पराएका थिए ।
प्रतिक्रिया