अमिताभ र अभिषेकपछि ऐश्वर्या र आराध्या बच्चन पनि अस्पताल भर्ना

प्रकाशित मिति: ३ श्रावण २०७७, शनिबार ०९:१२


काठमाडाैं, श्रावण ३ ।
बलिउड सुपरस्टार कलाकार अमिताभ बच्चन र अभिषेक बच्चनपछि अब नायिका ऐश्वर्या राय र छाेरी आराध्या बच्चन पनि अस्पताल भर्ना भएका छन् ।

उनीहरूलाई नानावती अस्पतालमा भर्ना गर्न लगिएको हो । श्वास–प्रश्वासमा समस्या देखिएपछि आमा र छोरी दुबैलाई अस्पताल भर्ना गर्न लगिएको हो ।

अमिताभ र अभिषेक कोरोना भाइरस पोजेटिभ देखिएपछि अस्पताल भर्ना भएका थिए । कोरोना भाइरसको संक्रमण देखिए पनि ऐश्वर्या र आराध्या भने होम आइसोलेसनमा नै बस्दै आएकी थिइन् ।

उपचारमा रहेका अमिताभ बच्चन भने लगातार सामाजिक सञ्जालमा सक्रिय रहेका छन् ।


प्रतिक्रिया


ताजा खबर

More

स्वास्थ्य मन्त्रालयद्वारा नागरिकले निःशुल्क रूपमा पाउने सेवाको विवरण सार्वजनिक

काठमाडाैं, चैत २९ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नागरिकले निःशुल्क रूपमा प्राप्त.....

देशभर आंशिक बदली, केही स्थानमा हल्का वर्षा

काठमाडाैं, चैत २९ । अहिले देशमा.....