दाेलखा भीमसेन मन्दिर आजदेखि सर्वसाधारणका लागि खुल्ला

प्रकाशित मिति: ३ श्रावण २०७७, शनिबार १६:००


काठमाडाैं, श्रावण ३ ।
नाेभल कोरोना भाइरसका कारण लकडाउनदेखि बन्द रहेको दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिर दर्शन गर्न आजदेखि खुल्ला गरिएको छ ।

मन्दिरमा भीडभाड बढ्ने भएपछि लकडाउनदेखि नै बन्द रहेको मन्दिर १ सय १५ दिनको बन्दपछि दर्शन गर्नका लागि आजदेखि मन्दिरको मूल ढोका खुल्ला गरिएको छ । एक शिला तीन अवतारका रूपमा पूजा गरिने प्रसिद्ध भीमेश्वरको मन्दिर आजदेखि खुल्ला गरिएकाे भीमेश्वर मन्दिर गुठी तथा पूजा व्यवस्थापन समिति र भीमेश्वर नगरपालिका–२ स्तरीय समितिको छलफलबाट खुल्ला गर्ने निर्णय भएको वडा नं.–२ का वडाध्यक्ष विराजमान श्रेष्ठले जानकारी दिए ।

मन्दिर चैत्र ११ गतेदेखि बन्द गरिएको थियो । मन्दिरको मुख्य बाहिरी गेट खुल्ला गरिएको भए तापनि भित्री मुख्य मूलद्वार भने बन्द नै रहेको छ ।

मन्दिर परिसरभित्र पसेर घुमेर दर्शन गर्न सकिने व्यवस्था मिलाइएको छ । दोलखा बजारमा वर्षभरी मनाइने जात्रापर्वहरू खुलाउनका लागि मन्दिर घुमाउनै पर्ने बाध्यता रहेका कारण मन्दिर दर्शनका लागि खुल्ला गरिएको समितिका अध्यक्ष भरत श्रेष्ठले बताए ।

कोरोना भाइसरको जोखिम रहेका कारण दर्शनार्थीहरूलाई सानिटाइजरको प्रयोग, साबुन पानीले हात धुने व्यवस्था गरी दर्शनका लागि व्यवस्था मिलाइएको छ ।


प्रतिक्रिया


ताजा खबर

More

अन्ततः तीनकुने हिंसाका मुख्य कमान्डर दुर्गा प्रसाई भारतमा पक्राउ

काठमाडाैं, चैत २८ । अन्ततः तीनकुने हिंसाका मुख्य कमान्डर दुर्गा प्रसाई भारतमा पक्राउ परेका.....