चर्चित अभिनेता राजेश हमाललाई शाेक

काठमाडाैं, श्रावण ७ ।
नेपाली चलचित्र क्षेत्रका एक चर्चित अभिनेता राजेश हमालका भाई राकेश हमालको निधन भएको छ । भारतको नयाँ दिल्लीमा उपचारको क्रममा उनको निधन भएको पारिवारिक श्राेतले जानकारी दिएको छ । राकेश अभिनेता हमालका एक मात्र भाई हुन् ।
कलेजोको समस्याका कारण राकेशलाई केही दिन अगाडि मात्र प्लेन चार्टर्ड गरेर दिल्ली पुर्याइएको थियो । त्यहाँको ह्याम्स अस्पतालमा उपचारकाे क्रममा उनको निधन भएको हो । राकेशका श्रीमती र दुई छोरा-छोरी छन् । अभिनेता हमाल र राकेशको परिवार राजधानीको एउटै घरमा बस्दै आएका छन् ।
राजेश हमाल अहिले काठमाडौंमै छन् । राजेश र राकेशको उमेर करिब डेढ वर्षको मात्र अन्तर रहेकाे छ । एउटै घरमा बस्ने भएकाले अभिनेता हमाल भाईसँग निकै नजिक थिए । फिल्म दुनियाँभन्दा बाहिर रहेका राकेशको शवलाई दिल्लीबाट ल्याउने विषयमा छलफल भइरहेको बुझिएको छ ।
प्रतिक्रिया