आज राताे मच्छिन्द्रनाथकाे रथाराेहण

प्रकाशित मिति: १० श्रावण २०७७, शनिबार ११:५६


ललितपुर, श्रावण १० ।
रातो मच्छिन्द्रनाथलाई आज रथारोहण गरिने भएकाे छ । सरकारले जारी गरेको सुरक्षा मापदण्डअनुसार सामाजिक दूरीलगायतका नियम पालना गरेर रथारोहण गर्ने तयारी भएको गुठी संस्थान ललितपुरले जनाएको छ । यसअघि गएको बुधबार आज हुने भनिएको रातो मच्छिन्द्रनाथको रथारोहण स्थगित गरिएको थियो ।

तर, रथारोहणका लागि अर्को साइत नभएपछि आज नै रथारोहण गर्ने निर्णय भएको हो । आज दिउँसो १२ बजेर ५ मिनेटदेखि १२ बजेर १५ मिनेटको साइतमा मूर्तिलाई पुल्चोकमा निर्माण गरिएको रथमा विराजमान गरिने रातो मच्छिन्द्रनाथका ज्योतिष, दैवज्ञ ज्योतिष कीर्तिमदन जोशीले बताए ।

गएको बैशाख १२ मा रथारोहण गरिनुपर्नेमा कोरोना भाइरसको जोखिमका कारण रथ निर्माण गरी नसकेका कारण मूर्तिलाई मच्छिन्द्र बहालमा रहेको भजन पाटीमा राखिएको छ । आज त्यहीबाट ल्याएर मूर्तिलाई रथमा विराजमान गरिनेछ । यसअघि पनि असार २४ गते रथारोहण स्थगित गरिएको थियो ।

रथको माथिल्लो भागमा रहने धकिबाँयम्व राखेपछि मूर्तिलाई रथमा राखिनेछ । रथमा सुनका फूल, झ्याल, कौसी, धःमाः जडान गरिएको रथ निर्माणमा संलग्न बाराही नाइके दिलकुमार बाराहीले बताए । चित्रकार समुदायले ह्यग्रीभ भैरवको अनुहार कोरेपछि मात्र रथको अगाडि भागमा रहने लामो काठ धःमाःलाई रथमा जडान गरिने गरिन्छ । रथको रक्षाको लागि कर्कोटक नागले भैरवको मुखटौ लगाएर रथको अगाडि बस्ने जनविश्वास रही आएकाे छ ।


प्रतिक्रिया


ताजा खबर

More

अन्ततः तीनकुने हिंसाका मुख्य कमान्डर दुर्गा प्रसाई भारतमा पक्राउ

काठमाडाैं, चैत २८ । अन्ततः तीनकुने हिंसाका मुख्य कमान्डर दुर्गा प्रसाई भारतमा पक्राउ परेका.....