गीतकार अमरको “प्रेमको भाइरस” पुस्तक सार्वजनिक

प्रकाशित मिति: २४ श्रावण २०७७, शनिबार १६:५९


काठमाडाैं, श्रावण २४ ।
बहुचर्चित कार्यक्रम इन्द्रेणीमा संसारभरी महामारीको रूपमा फैलिएको नाेभल कोरोना भाइरस र प्रेमको एक नयाँ एवं अनौठो मायाको कथामा आधारित कथाहरू समेटिएका कथाहरू समाबेश रहेका अहिलेको परिस्थितिहरू समेटेर ओएसनेपालद्वारा प्रकाशित उपन्यास कवि, गीतकार एवं साहित्यकार सुरेन्द्र महर्जन ”अमर” द्वारा लिखित ‘प्रेमको भाइरस’ पुस्तक एक समारोहबीच इन्द्रेणीमा सार्वजनिक भएको छ ।

पुस्तक प्रकाशकको तर्फबाट ओएसनेपालबाट विवेक कार्कीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा गायक एवं इन्द्रेणी कार्यक्रमका सञ्चालक कृष्ण कँडेलको प्रमुख आतिथ्यमा, गायिका मनमाया वाइबा, गायक राजु परियार, निर्देशक रोशनकुमार, वरिष्ठ सञ्चारकर्मी राजु श्रेष्ठ, पत्रकार दिप गुरुङ, मिलन के.सी.लगायतबाट उपन्यासकार सुरेन्द्र महर्जन ‘अमर’ का निरन्तर साहित्य, संगीतका विषयमा धारणा राखेका थिए ।

लकडाउन भएको दुई महिनाको समयलाई सदुपयोग गर्दै लेखिएको सार्वजनिक उक्त उपन्यासको बारेमा समयलाई साहित्यकार अमरले उपन्यास लेखेर सदुपयोग गरेकोमा खुसी व्यक्त गरे । आफ्नो २५ औँ कृतिका रूपमा उपन्यास कोरोना भाइरसको महामारीको समयमा सार्वजनिक गर्न पाउँदा धेरैभन्दा धेरै खुसी व्यक्त गरे ।


प्रतिक्रिया


ताजा खबर

More

अन्ततः तीनकुने हिंसाका मुख्य कमान्डर दुर्गा प्रसाई भारतमा पक्राउ

काठमाडाैं, चैत २८ । अन्ततः तीनकुने हिंसाका मुख्य कमान्डर दुर्गा प्रसाई भारतमा पक्राउ परेका.....