राष्ट्रकवि माधवप्रसाद घिमिरेकाे निधन

काठमाडाैं, भाद्र २ ।
राष्ट्रकवि माधवप्रसाद घिमिरेको आज निधन भएको छ । राष्ट्रकवि घिमिरेकी बुहारी बिजेता घिमिरेकाअनुसार राष्ट्रकविको निधन उनकै निवासमा आज साँझ ५ बजेर ५५ मिनेटकाे समयमा भएकाे हाे ।
स्वर्गीय घिमिरे १ सय १ वर्षको उमेरमा निधन भएकाे हाे ।
वि.सं. १९७६ असोज ७ गते लमजुङको पुस्तुन गाउँमा जन्म भएको हो । घिमिरे स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका कुशल नेपाली साहित्यकार कवि र गीतकारसमेत हुन् । उनी बाल्यावस्थादेखि निरन्तर रूपमा नेपाली साहित्यका कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद लेख प्रबन्धजस्ता अनेकौं विधा-उपविधाहरूमा निरन्तर कलम चलाउँदै आएका बहुमुखी प्रतिभा हुन् ।
प्रतिक्रिया