आज इन्द्रजात्रा, ८ः०७ मिनेटमा इन्द्रध्वजा ठड्याउने साइत, क्षमा पूजामै सीमित

प्रकाशित मिति: १४ भाद्र २०७७, आईतवार १२:२७


काठमाडाैं, भाद्र १४ ।
नाेभल कोरोना भाइरस महामारीका कारण यो वर्ष भने पहिलाे पटक इन्द्रजात्रा पनि प्रभावित हुन पुगेको छ । जात्राअनुसार आज बिहान ८ बजेर ७ मिनेटमा इन्द्रध्वजा ठड्याउने शुभ साइत निस्केको थियो । कोरोना संक्रमणका कारण लिङ्गो ल्याउने काम नै रोकिएका कारण बसन्तपुरस्थित लिङ्गो ठड्याउने काम स्थगित गरी क्षमा पूजा मात्रै गरिएको छ ।

मानन्धर समुदायले लिङ्गो ठड्याउने साइतमा क्षमा पूजा गरेका छन् । जात्राअन्तर्गत आजैदेखि इन्द्रजात्रामा प्रदर्शन गरिने मजिपाः लाखे, हल्चोकको आकाश भैरव, किलागलको पुलुकिसि, देवी नाच, महाकाली नाच, आकाश भैरवलगायतका परम्परागत सांस्कृतिक मूर्ति र नाच पनि स्थगित भएका छन् ।

नाचमा प्रयोग हुने देवी देवताकाे मुखौटालाई परम्पराअनुसार भण्डारण गरिएको ठाउँबाट निकालेर मर्मत सम्भार गरिएका छन् भने पूजासहित आसनमा भने राखिएको छ । बेलुका हुने अन्य धार्मिक गतिविधि पनि यस वर्ष नहुने भएको छ ।

भगवान इन्द्रको पालादेखि चल्दै आएको विश्वास गरिने इन्द्रजात्रा यसपाली पहिलो पटक हुन नसकेको हो । सरकारले धार्मिकस्थल खुला नगरेको तथा भीडभाड नगर्न भनेकाले सोहीअनुसार नै जात्रा स्थगित गरिएको हो । हरेक वर्ष भाद्र शुक्ल द्वादशीका दिनदेखि एक सातासम्म इन्द्रजात्रा मनाउने प्रचलन रहेकाे छ ।


प्रतिक्रिया


ताजा खबर

More

अन्ततः तीनकुने हिंसाका मुख्य कमान्डर दुर्गा प्रसाई भारतमा पक्राउ

काठमाडाैं, चैत २८ । अन्ततः तीनकुने हिंसाका मुख्य कमान्डर दुर्गा प्रसाई भारतमा पक्राउ परेका.....