राताे मच्छिन्द्रनाथकाे जात्रा टुंग्याउन माग गर्दै पुल्चाेकमा स्थानीयकाे व्यापक प्रदर्शन

प्रकाशित मिति: १८ भाद्र २०७७, बिहीबार १२:०३


ललितपुर, भाद्र १८ ।
नेपालकै लामाे जात्रा एवं अन्न र वर्षात्काे देवताकाे रूपमा प्रख्यात रातो मच्छिन्द्रनाथको जात्रा टुंग्याउन माग गर्दै स्थानीयहरूले आज प्रदर्शन गरेका छन् । कोरोना भाइरसको कारण देखाउँदै पुल्चोकमा भेला भएर स्थानीयहरूले लामो समयदेखि रथलाई त्यतिकै राख्न नहुने भन्दै जात्रा चलाउनुपर्ने माग गरेका हुन् । रथयात्राको निरन्तरताको माग गर्दै उनीहरूले रथ निर्माण गरिएको स्थलम पुल्चोकमा प्रदर्शन गरेका हुन् ।

गुठियार र ललितपुरका बासिन्दाहरूले रथ तयार गर्ने तर, यात्रा गर्न नदिने कार्य संस्कृति मिच्ने खाले किसिमको भएको आरोप लगाएका छन् । व्यवस्थित तरिकाले मच्छिन्द्रनाथ बुङमति नै पठाउने वातावरण प्रशासनले नबनाए आफूहरू रथ यात्रा चलाउन बाध्य हुने चेतावनी स्थानीयको छ ।

आउँदो असोज २ गतेदेखि पुरुषोत्तम महिना सुरु हुने र पुरुषोत्तम महिनामा धार्मिक गतिविधि गर्न नहुने भएकोले त्यसअघि नै जात्रा पूरा गर्न गुठियारहरूले माग गरेका छन् ।

चैत्र २७ गते रातो मन्छिन्द्रनाथको महास्नानपछि बैशाख १२ गते रथमा राख्नुपर्नेमा कोरोना संक्रमणका कारण गएको श्रावण १० गते मात्र मूर्तिलाई रथमा विराजमान गरिएको थियो । सरकारले निषेधाज्ञा लागू गरेपछि अहिले रातो मच्छिन्द्रनाथको मूर्तिसहितको रथ पुल्चोकमा अलपत्र अवस्थामा रहेकाे छ ।


प्रतिक्रिया


ताजा खबर

More

अन्ततः तीनकुने हिंसाका मुख्य कमान्डर दुर्गा प्रसाई भारतमा पक्राउ

काठमाडाैं, चैत २८ । अन्ततः तीनकुने हिंसाका मुख्य कमान्डर दुर्गा प्रसाई भारतमा पक्राउ परेका.....