नेपाल टेलिकमको कार्यालयमा करेन्ट लागेर दुईको मृत्यु

प्रकाशित मिति: २५ बैशाख २०७४, सोमबार ११:१५


बागलुङ, बैशाख २५ ।
बागलुङ सदरमुकामस्थित नेपाल टेलिकम कार्यालयको निर्माणाधीन भवनमा मजदुरी गर्दै आएका उक्त जिल्लाको निसीखोला गाउँपालिकाका १५ वर्षीय बमबहादुर घर्ती र दुधन घर्तीको करेट लागेर मृत्यु भएको छ ।

भवन निर्माणस्थल नजिकैको रूखमा रहेको कागको गुँड रडले खसाल्न खोज्दा विद्युतको हाइटेन्सन लाइनमा रड ठोक्किइ करेन्ट लागेको जनाइएको छ ।

बमबहादुरलाई करेन्ट लागेको देखेपछि साथीलाई बचाउन खोज्दा दुधनलाई पनि करेन्ट लागेको बताइएको छ ।

मृतक दुवैको शवलाई परीक्षणका लागि धौलागिरि अञ्चल अस्पताल लगिएको प्रहरी नायब उपरीक्षक अनिल खड्काले जानकारी दिएका छन् । उक्त घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया


ताजा खबर

More

अन्ततः तीनकुने हिंसाका मुख्य कमान्डर दुर्गा प्रसाई भारतमा पक्राउ

काठमाडाैं, चैत २८ । अन्ततः तीनकुने हिंसाका मुख्य कमान्डर दुर्गा प्रसाई भारतमा पक्राउ परेका.....