नायक सुशान्त सिंह राजपुत काण्ड : बलिउडका यी ४ नायिकाकाे गरियाे माेबाइल जफत
काठमाडाैं, असाेज ११ ।
नायक सुशान्त सिंह राजपुतकाे मृत्यु भएकाे महिनाै बितिसक्दा पनि त्याे केश अझै बन्द हुन सकेकाे छैन । एकपछि अर्काे प्रमाणहरू भेटिएसँगै बलिउडकाे चलचित्र क्षेत्रमा नयाँ माेडसमेत लिएकाे छ । साेही काण्डका कारण अहिले बलिउडका चर्चित ४ जना नायिकाको मोबाइल जफत गरिएको छ । नारकोटिक्स कन्ट्रोल ब्यूरोले उनीहरूको फोन जफत गरेको हो ।
नायिकाहरू दीपिका पादुकोण, रकुल प्रित सिंह, श्रद्धा कपुर, साराअली खानको साथमा फेशन डिजाइनर सिमोन खम्बट्टाको मोबाइल जफत गरिएको हो । यस्तै, नायिका पादुकोणकी मेनेजर करिश्मा प्रकाशको मोबाइल पनि जफत गरिएको छ ।
नायक राजपुतको निधनको मुद्दा ड्रग्ससँग जोडिएपछि बलिउडका केही कलाकार पनि कानूनी घेरामा आएका छन् ।
नायिका दीपिका पादुकोणले ड्रग्सको विषयमा च्याटमा कुरा गरे पनि आफूले ड्रग्स भने सेवन नगरेको बताएकी थिइन् । यस्तै, नायिका साराअली खान, रकुल प्रित, श्रद्धा कपुरले पनि ड्रग्स सेवन नगरेको बताएका छन् ।
प्रतिक्रिया