चर्चित हाँस्य कलाकार हरिवंश आचार्य र श्रीमती रमिला आचार्यलाई पनि काेराेना संक्रमण पुष्टि

प्रकाशित मिति: २० आश्विन २०७७, मंगलवार १८:३१


काठमाडाैं, असाेज २० ।
चर्चित हाँस्य कलाकार हरिवंश आचार्य र उनकी श्रीमती रमिला आचार्यलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । आज हाँस्य कलाकार हरिवंश आचार्य आफैँले आफ्नो फेसबुक पेजमार्फत् आफू र आफ्नो श्रीमतीलाई कोरोना संक्रमण भएको जानकारी गराएका हुन् ।

उनले सामान्य लक्षण देखिएपछि पीसीआर गर्दा पोजेटिभ रिपोर्ट आएको बताए । उनले पेजमा लेखेकाे छ, ‘सामान्य लक्षण देखिएकोले हिजो मेरो र मेरी श्रीमती रमिलाको पीसीआर टेष्ट गरेका थियौँ । हामी दुबै जनाको कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आज आयो ।’

कलाकार आचार्यले आफूहरूको स्वास्थ्य अवस्था सामान्य रहेको बताएका छन् । त्यस्तै, आफूहरूको सम्पर्कमा आएका सम्पूर्णलाई पनि होम आइसोलेसनमा बसेर निर्धारित समयमा परीक्षण गराउन आग्रह पनि गरेका छन् ।

उनले भने, ‘यहाँहरूको माया, आशिर्बाद र शुभेच्छाको कारण हामीले छिट्टै कोरोना संक्रमणलाई जित्ने छौँ । कोरोना संक्रमण ब्यापक रूपमा फैलिएको हुँदा यहाँहरू सबैले जनस्वास्थ्यका मापदण्ड अनिवार्य रूपमा अबलम्बन गर्नुहुन अनुरोध गर्दछौँ ।’


प्रतिक्रिया


ताजा खबर

More

स्वास्थ्य मन्त्रालयद्वारा नागरिकले निःशुल्क रूपमा पाउने सेवाको विवरण सार्वजनिक

काठमाडाैं, चैत २९ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नागरिकले निःशुल्क रूपमा प्राप्त.....

देशभर आंशिक बदली, केही स्थानमा हल्का वर्षा

काठमाडाैं, चैत २९ । अहिले देशमा.....