दक्षिण ललितपुरकै पहिलो प्राविधिक शिक्षालय मगर गाउँ मा.वि.मा
ललितपुर, बैशाख २५ ।
रमा घिमिरे/ दक्षिण ललितपुरस्थित मगर गाउँ माध्यामिक विद्यालय शंखुमा नेपाल सरकार शिक्षा मन्त्रालय, शिक्षा विभागबाट वितरित प्राविधिक तथा व्यावसायिक शिक्षाअन्तर्गत बाली विज्ञान पढाईका लागि कक्षा ८ उत्तीर्ण भएका विद्यार्थीहरूका लागि कक्षा ९ मा निःशुल्क भर्ना खुलेको शिक्षक रबिन घिमिरेले बताएका छन् ।
उनकाअनुसार भर्ना फारम वितरण आउँदो जेठ २ गतेदेखि हुनेछ भने प्रवेश परीक्षा जेठ २३ गते हुनेछ । त्यसैगरी जेठ २६ गतेदेखि कक्षा सञ्चालन गर्ने तयारी रहेको उनले बताए । साथै निःशुल्क पठन–पाठन गराईनुका साथ अनिवार्य कम्प्यूटर शिक्षा र कक्षा १२ सकेपछि एक वर्षे इन्टर्नशिभ कक्षा हुने त्यसपछि बीएससी एग्री कल्चर अध्ययन गर्न पाइने जानकारी दिएका छन् ।
प्रतिक्रिया