वरिष्ठ संगीतकार उदय शमशेर राणाकाे निधन

काठमाडाैं, कार्तिक १८ ।
वरिष्ठ संगीतकार उदय शमशेर राणाको गएराति अमेरिकामा निधन भएको छ ।
स्वर्गीय राणा स्वर सम्राट नारायण गोपाल र गोपाल योञ्जनका समकालीन, मीतज्यू नाइटका एक वाद्यवादकसमेत थिए । स्वर्गीय राणाकाे संगीतमा गाेल्डेन भ्वाइस अफ प्रेमध्वज प्रधान, वरिष्ठ गायक उदित नारायण झा, हेम गोपाल, मधु क्षेत्री, प्रकाश श्रेष्ठ, मीरा राणा, उर्मिला मानन्धर, प्रदीपराज पाण्डेलगायत धेरैले स्वरसमेत दिएका थिए ।
संगीतकार राणाका एक श्रीमती, दुई छोरा र एक छोरी रहेका छन् ।
प्रतिक्रिया