गीतकार सुरेन्द्र महर्जन ‘अमर’को “दर्पण” एल्बम सार्वजनिक

काठमाडाैं, कार्तिक २१ ।
नेपाली गीत, संगीत क्षेत्रमा कोरोना महामारी चल्दै गर्दा पनि गीत संगीतप्रति सक्रिय रहँदै यस्तो समयमा नेपाली संगीत क्षेत्रलाई जोगाइ राख्नको निमित्त ओएस नेपालको आयोजनामा नेपाली साँगीतिक क्षेत्रमा एउटा नयाँ कोशेली भर्खरै थपिएको छ । चर्चित गायक/गायिकाहरूका स्वरमा सुसज्जित दर्शक एवं श्राेताहरूबाट धेरैभन्दा धेरै मन पराइएका सुपर हिट गीतसमेत रहेको मेलिना राईको स्वरमा रहेको ”म भन्दा-३” अर्थात आँशु झारी पुच्छी दिने बोलको गीतका साथै सुरेन्द्र महर्जनको स्वरमा धेरै चाहेँ, राम कार्की, सुरेश थापा, शान्ता कार्की, अनिता दङ्गालको स्वरमा तीजको गीत छमछमी नाच्ने, सारै राम्री विज्ञान लामाको स्वरमा जे हुनु थियो भै गयो राम कार्कीको स्वरमा रहेको गीतहरू रहेको छ । कवि, गीतकार एवं साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ को २७ औँ कृति एल्बम ”दर्पण” एक समारोहकाबीच सामाजिक दूरी कायम गर्दै सार्वजनिक गरिएको छ ।
ओएस नेपालको तर्फबाट बिवेक कार्कीको सभापतित्वमा सम्पन्न उक्त एल्बममा एप्स टि. भि. नेपाल अफिसिएल मिडिया पार्टनर रहेको छ भने सह-मिडिया पार्टनरमा गोर्खा लाइभ डट कम रहेकाे छ । कार्यक्रममा साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’को कृति माथि म्युजिक डायरीका प्रधान सम्पादक पत्रकार तुलसी गिरी, एप्सप टि. भि. नेपालका प्रबन्ध–निर्देशक राजु श्रेष्ठ, भिडियो निर्देशक तथा चलचित्र निर्देशक रोशन कुमार, ए.बि. सि टेलिभिजनका पत्रकार कविराज बुढा, वरिष्ठ पत्रकार पाशङ्ग तामाङबाट आफ्नो मन्तव्य व्यक्त गरेका थिए । एल्बमभित्र रहेको गीतहरूको संगीत र एरेञ्जरमा राम कार्की, पुष्कर सुनुवारको रहेको छ भने कार्यक्रम सञ्चालन गोर्खा लाइभ डट कम का सम्पादक दिपक गुरुङले गरेका हुन् ।
प्रतिक्रिया