निर्वाचन प्रचार सामग्री बनाउन व्यवसायीलाई चटारो

प्रकाशित मिति: २५ बैशाख २०७४, सोमबार १७:५२


काठमाडौं, बैशाख २५ ।
आसन्न स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारको प्रचारसामग्री बनाउन बागबजारका व्यवसायीलाई चटारो भएको छ ।

निर्वाचन आउन करिब एक हप्तामात्र बाँकी रहँदा उनीहरूलाई राजनीतिक दलको झन्डा, उम्मेदवारको नाम र फोटो अङ्कित टिसर्ट, टोपी, फ्याक्स बोर्ड बनाउन चटारो रहेको छ ।

बागबजारका आर्ट सेन्टर, स्क्रिन सेन्टरमा व्यवसायीहरूले रातदिन लगाएर निर्वाचन सामग्री बनाउन लागिपरेका छन् । बागबजारका सक्सेस आर्टका सञ्चालक रक्त खड्गीले एक हप्तादेखि निर्वाचनसम्बन्धी सामग्री बनाइरहेको बताएका छन् ।

अहिले परिवारसहित अन्य २० जनाले झन्डा, टिसर्ट र टोपी बनाइरहेको जानकारी दिए । एक हप्तादेखि कामको चाप बढेको छ । राति ११ बजेसम्म सामग्री बनाउन लागिपरेका छन् ।

उनले अहिलेसम्म ५० हजार झन्डा, २० हजार टिसर्ट बनाइसकेका जानकारी दिए ।यस्त,ै बागबजारकै निवेश आर्टका सञ्चालक श्याम रञ्जीतकारले दैनिक दुई/तीन सय झन्डा बनाउने गरेको बताएका छन् ।

उनले सबै पार्टीहरू झन्डा, टिसर्ट, टोपी र फ्लेक्स बनाउन आउने गरेको पनि बताए । एउटा झन्डाको रु. २५ देखि ११० सम्म, टिसर्टको रु.२५०, टोपीको रु. ५० देखि २५० सम्म मूल्य पर्ने गएको जनाएको छ ।


प्रतिक्रिया


ताजा खबर

More

पाँचखालमा मिनी ट्रक दुर्घटना हुँदा दुई जनाकाे मृत्यु

काठमाडाैं, कार्तिक २९ । काभ्रेको पाँचखाल नगरपालिका-१३ कोसीदेखाको बिले डाँडामा मिनी ट्रक.....

नेप्से परिसूचक करिब १४ अंकले वृद्धि

काठमाडाैं, कार्तिक २९ । आज बिहीबार.....