गायिका मिलन नेवार र सुनिल मास्केको संगीतमा ‘जानी नजानी’ गीत सार्वजनिक (भिडियोसहित)

प्रकाशित मिति: ८ मंसिर २०७७, सोमबार ०८:०७


काठमाडौं, मंसिर ८ ।
भर्खरै मात्र सार्वजनिक भएको नयाँ गीत ‘जानी नजानी’ को म्युजिक भिडियोले चर्चा बटुल्दै आएको छ । गायिका मिलन नेवारको स्वर रहेको उक्त गीतमा शब्द लूनिभाः श्रेष्ठको रहेको छ भने सुमधुर संगीत सुनिल मास्केको रहेको छ । उक्त गीतको संगीत व्यवस्थापन सञ्जिव बराईंलीले गरेका छन् भने मिक्सिङ्ग र मास्टरिङ्ग किशोर थापाले गरेका छन् ।

करिब ३ मिनेट ४० सेकेण्डको उक्त म्युजिक भिडियोमा रुबिस्का श्रेष्ठ र समिर खनालको सार्है नै राम्रो अभिनय रहेको छ जसले दर्शक र श्रोताहरूलाई पुरै गीतमा बाँधेर राख्न सफल भएको छ ।

ओ एस आर डिजिटलको आधिकारीक य़ूट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको म्युजिक भिडियोमा युवराज वाईबाको निर्देशन रहेको छ ।


प्रतिक्रिया


ताजा खबर

More

स्वास्थ्य मन्त्रालयद्वारा नागरिकले निःशुल्क रूपमा पाउने सेवाको विवरण सार्वजनिक

काठमाडाैं, चैत २९ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नागरिकले निःशुल्क रूपमा प्राप्त.....

देशभर आंशिक बदली, केही स्थानमा हल्का वर्षा

काठमाडाैं, चैत २९ । अहिले देशमा.....