साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ साहित्य सम्मानबाट सम्मानित

काठमाडाैं, माघ २० ।
विगत तीन दशकभन्दा बढी साहित्य क्षेत्रमा निरन्तर पाइला चाल्दै आएका नेपाली साहित्य क्षेत्रमा कविता, गीत, कथा, उपन्यास, हाइकु, तान्का, मुक्तकलगायत साहित्यिक कृति प्रकाशित गर्दै नेपाली साहित्य क्षेत्रमा अतुलनीय कार्य गर्दै रहनु भएकोमा साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’लाई माननीय सूचना तथा सञ्चार मन्त्री, पार्वत गुरुङ्गबाट भव्य समारोहकाबीच ”नेशनल क्यापिटल राष्ट्रिय साहित्य सम्मान-२०७७” सम्मानबाट सम्मानित गरिएको छ ।
नेशनल क्यापिटल इन्टरटेन्मेण्ट र शुभकामना मिडिया सोलुसनको संयुक्त आयोजनामा उक्त कार्यक्रम भव्य समारोहकाबीच सम्पन्न भएको हो । सम्मानित साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’को हालसम्म कविता संग्रह, गीत संग्रह, उपन्यासहरू, गीति एल्बम, हाइकु संग्रह आदि र आफैँद्वारा कोरिएका चित्रहरू, पुस्तकहरूमा आवरणहरू, नेपाली कथानक गीति चलचित्र प्रकाशित भइसकेको छ ।
प्रतिक्रिया