राताे मच्छिन्द्रनाथकाे रथ जात्रा आवश्यक स्वास्थ्य मापदण्ड अपनाएर सञ्चालन गर्न दिने

ललितपुर, चैत्र २५ ।
वर्षा, अन्न र सहकालका देवताका रूपमा पुजिने रातो मच्छिन्द्रनाथ (बुङ्गद्यः)को रथ जात्रा यसपटक आवश्यक स्वास्थ्य मापदण्डकाे पालना गराएर सञ्चालन गर्न दिने भएको छ ।
गुठी संस्थान कार्यालय ललितपुरको आयोजनामा जिल्ला प्रशासन कार्यालयमा आज बसेको सर्वपक्षीय बैठकले कोरोना महामारीको बढ्दो जोखिमलाई मध्यनजर गरी २०७८ सालको मच्छिन्द्रनाथको जात्रा सञ्चालन गर्ने निर्णय भएको ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिएका छन् ।
रथ जात्रालाई मर्यादित, अनुशासित, शान्तिपूर्ण रूपमा सम्पन्न गर्नका लागि सरोकारवाला सबैको बीचमा व्यापाक छलफल गरी मच्छिन्द्रनाथको जात्रा सञ्चालन गर्ने निर्णय भएको उनले बताए । सरोकारवालाले स्थानीय धर्म र संस्कृतिको मुख्य पर्वको रूपमा रहेको रथ जात्रालाई कोरोना संक्रमण फैलन नदिनका लागि सामाजिक दूरी, मास्क, स्यानिटाइजरलगायतका स्वास्थ्य मापदण्ड पालना गर्ने गराउने निर्णय भएको उनले बताए ।
रथ जात्रा सञ्चालन गर्ने क्रममा बढी भिडभाड नहुने व्यवस्था मिलाउन सबैले आ–आफ्नो तर्फबाट गर्नुपर्ने सबै कार्यहरू प्राथमिकताका साथ समयमै गर्ने गराउने व्यवस्था मिलाउने निर्णय भएको पनि उनले बताएका छन् ।
प्रतिक्रिया