आज चैते दशैँ, दुर्गा भवानीकाे उपासना गरी मनाइँदै

प्रकाशित मिति: ७ बैशाख २०७८, मंगलवार ०९:४१


काठमाडाैं, बैशाख ७ ।
आज चैते दशैँ मनाइँदैछ । चैत शुक्ल अष्टमीका दिन दुर्गा भवानीको उपासना गरी चैते दशैँ मनाउने गरिन्छ ।

दानवी शक्तिमाथि दैवी शक्ति र असत्यमाथि सत्यको विजयस्वरूप देवी भागवत्, कालिका पुराण, चण्डी पाठ गर्ने धार्मिक परम्परा रहेको छ ।

आजको दिन अशोकको फूल खानाले रोगव्याधि र शोक नाश हुन्छ भन्ने जनविश्वास रही आएकाे छ ।

हनुमानढोका दरबारस्थित मूलचोकमा ५४ राँगा र ५४ बोकाको बलि दिएर दशैँघरमा अर्चना गर्ने परम्परा छ ।

चैते दशैँका दिन नै जमलस्थित तीनधारा पाठशाला परिसरबाट सेतो मच्छिन्द्रनाथ (आर्यावलोकितेश्वर)को रथयात्रा सुरु हुँदैछ ।

रथ यात्रा व्यवस्थापन समितिका अध्यक्ष एवं वडा नं.–२५ का वडाध्यक्ष नीलकाजी शाक्यले रथ यात्राको सम्पूर्ण पूर्वतयारी सम्पन्न भएको जानकारी दिएका छन् ।

कुनै किसानले जमिन खन्दा जमल तीनधारामा आर्यावलोकितेश्वर भेटिएको र राजा गुणकामदेवले केलटोलस्थित कनक चैत्य महाविहारमा बुद्धको पश्चिमतर्फ राख्ने आदेश भएको वंशावलीमा उल्लेख रहेकाे छ ।


प्रतिक्रिया


ताजा खबर

More

अन्ततः तीनकुने हिंसाका मुख्य कमान्डर दुर्गा प्रसाई भारतमा पक्राउ

काठमाडाैं, चैत २८ । अन्ततः तीनकुने हिंसाका मुख्य कमान्डर दुर्गा प्रसाई भारतमा पक्राउ परेका.....