काेराेनाबाट वरिष्ठ साहित्यकार सुवेदीकाे निधन
काठमाडाैं, जेठ ३ ।
विश्वव्यापी महामारीकाे रूपमा फैलिरहेकाे काेराेना भाइरस काेभिड–१९ संक्रमणबाट वरिष्ठ साहित्यकार राजेन्द्र सुवेदीको ७६ वर्षको उमेरमा आज बिहान निधन भएको छ । उनको केही दिन अघि शहीद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्रको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो भने सोअघि ह्याम्स अस्पतालमा उपचार गरिएको थियो ।
वि.सं. २००२ श्रावण १९ गते पाँचथरमा जन्मिएका सुवेदीका कविता, निबन्ध, प्रबन्ध, समालोचना आदि गरी तीन दर्जन पुस्तक प्रकाशित छन् । त्रिभुवन विश्वविद्यालयमा नेपाली विषयमा ३७ वर्ष प्राध्यापक गरेका सुवेदी केन्द्रीय नेपाली विभागका पूर्वप्रमुख, गोरखापत्र संस्थानका पूर्व अध्यक्ष तथा महाप्रबन्धकसमेत रहेका थिए ।
नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रा. जगतप्रसाद उपाध्याय ‘प्रेक्षित’ले सुवेदीको निधनले साहित्यका क्षेत्रले ऊर्जाशील व्यक्तित्व गुमाएको र अपूर्णीय क्षति भएको बताए ।
प्रतिक्रिया