वरिष्ठ प्रगतिवादी साहित्यकार भट्टकाे ८६ वर्षकाे उमेरमा निधन
काठमाडाैं, भाद्र १४ ।
वरिष्ठ प्रगतिवादी साहित्यकार आनन्ददेव भट्टको ८६ वर्षका उमेरमा ‘अल्जाइमर रोग’बाट निधन भएको छ । गत महिना अस्तपालमा उपचारपछि निवास कालिकास्थानमा बस्दै आएका उनको आज बिहान निधन भएको हो ।
लामो समय नेपाली साहित्य, प्राध्यापन र प्रगतिशील चिन्तनमा सक्रिय उनका काव्य, खण्डकाव्य, संस्मरण, समालोचना र निबन्धलगायतका विधाका करिब साढे दुई दर्जनभन्दा बढी कृतिहरू प्रकाशित रहेका छन् ।
उनका विशेषगरी ‘साइँलीमैया’, ‘आमा बोलाउँछिन्,’ ‘९७ साल’ लागायत कृति बढी लोकप्रिय छन् । वि.सं. १९९३ मा जुम्लामा जन्मेका उनी प्रगतिशील लेखक सङ्घ र प्रगतिशील प्राध्यापक सङ्घका पूर्वअध्यक्षसमेत थिए ।
उनको शव श्रद्धाञ्जलीका लागि पशुपति आर्यघाटमा राखिने र अन्त्येष्टि गरिने प्रगतिशील लेखक सङ्घका अध्यक्ष प्रा.डा. जीवेन्द्रदेव गिरीले जानकारी दिएका छन् । स्वर्गीय भट्टका एक श्रीमती र दुई छोरा छन् ।
प्रतिक्रिया