प्रम देउवाद्वारा विजया दशमीकाे उपलक्ष्यमा शुभकामना व्यक्त

प्रकाशित मिति: २१ आश्विन २०७८, बिहीबार ११:००


काठमाडाैं, असाेज २१ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालीहरूको महान् चाड विजया दशमीको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन् ।

आजदेखि विजया दशमी पर्व सुरु भएको उल्लेख गर्दै उनले सामाजिक सञ्जालमार्फत् शुभकामना व्यक्त गरेका हुन् ।

साथै, प्रधानमन्त्री देउवाले कोरोनाको जोखिम अझै पनि कायमै रहेकाले स्वास्थ्य मापदण्डको विशेष पालना गरेर पर्व मनाउन पनि सबैमा अनुरोध गरेका छन् ।

‘नेपालीहरूको महान् पर्व विजया दशमी आजदेखि सुरु भएको छ । स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाईहरूमा सुख, शान्ति र सु–स्वास्थ्यको शुभकामना व्यक्त गर्दछु,’ उनले ट्वीटमा लेखेका छन्,’ साथै, कोरोनाको जोखिम कायमै रहेकाले स्वास्थ्य मापदण्डको पालना गरेर पर्व मनाउन पनि सबैमा अनुरोध गर्दछु ।’


प्रतिक्रिया


ताजा खबर

More

अन्ततः तीनकुने हिंसाका मुख्य कमान्डर दुर्गा प्रसाई भारतमा पक्राउ

काठमाडाैं, चैत २८ । अन्ततः तीनकुने हिंसाका मुख्य कमान्डर दुर्गा प्रसाई भारतमा पक्राउ परेका.....