बडा दशैँकाे चाैँथाे दिन : कुष्माण्डा देवीकाे पूजाराधना गरी मनाइँदै

प्रकाशित मिति: २४ आश्विन २०७८, आईतवार ०७:३२


काठमाडाैं, असाेज २४ ।
नेपालीहरूकाे महान् चाड बडा दशैँअन्तर्गत आज चाैँथाे दिन कुष्माण्डा देवीको पूजाराधना गरी मनाइँदैछ । कुष्माण्डा देवीलाई शुभकर्म थालनी वा सृष्टिको प्रतीकको रूपमा पूजा गर्ने प्रचलन रही आएकाे छ ।

यी देवीमा तातो रक्तसमूह भएका मानव, चराचुरुङ्गी तथा चिसो रगत भएका माछा, सर्पलगायतका सारा प्राणीको सिर्जना गर्ने शक्ति रहेको शास्त्रहरूमा उल्लेख गरेको पाइन्छ ।

कुष्माण्डाको लौकिक अर्थ कुभिण्डो हो । उष्ण हावापानीको प्रकृतिमा हुर्किने तर भित्री गुण शीतल हुने फल कुभिण्डोलाई कुष्माण्डा देवीको प्रतीक मानेर दशैँमा यसको पूजाआजा गर्ने चलन छ । त्यसैले शक्तिपीठ तथा देवी मन्दिरहरूमा कुभिण्डोको विधिपूर्वक पूजा गरी त्यसैको बलिसमेत चढाउने गरिन्छ ।

कुष्माण्डाले ब्रह्माण्डको सृष्टि गरी पृथ्वी रचनाका लागि सूर्यलाई आफ्नो तापशक्ति दिएर प्रज्ज्वलित बनाएको र अन्य ग्रहको समेत रचना गरी पूरै सौरमण्डल सञ्चालन गरेको देवी भागवत् लगायतका ग्रन्थहरूमा उल्लेख छ ।

घटस्थापनाको दिनदेखि नवरात्रसम्म दुर्गा देवीका ९ रूपको पूजा गरिन्छ । पहिलो दिन शैलपुत्री, दोश्राे दिन ब्रह्मचारिणी, तेश्राे दिन चन्द्रघण्टा, चौँथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजाराधना गर्ने गरिन्छ । दुर्गाका यी ९ रूपलाई नवदुर्गा पनि भन्ने गरिन्छ ।

नवरात्रभर शक्तिपीठहरूमा पूजा गर्ने दर्शनार्थीहरूकाे ठूलाे घुइँचो लाग्ने गर्दछ ।


प्रतिक्रिया


ताजा खबर

More

अन्ततः तीनकुने हिंसाका मुख्य कमान्डर दुर्गा प्रसाई भारतमा पक्राउ

काठमाडाैं, चैत २८ । अन्ततः तीनकुने हिंसाका मुख्य कमान्डर दुर्गा प्रसाई भारतमा पक्राउ परेका.....