बडा दशैँकाे पाँचाैँ दिन : स्कन्दमाता देवीकाे पूजा आराधना गरी मनाइँदै

काठमाडाैं, असाेज २५ ।
नेपालीहरूको महान् चाड बडा दशैँको पाँचौँ दिन आज स्कन्दमाता देवीको पूजा आराधना गरी मनाइँदै छ ।
नवरात्रीको ९ दिनसम्म शक्तिस्वरूपा दुर्गा भवानीका विभिन्न ९ रूपलाई आराधना गर्ने परम्पराअनुसार आज पाँचौँ दिन स्कन्दमाताको अर्चना गर्न लागिएको हो ।
सुख, शान्ति तथा मोक्षकी देवी स्कन्दमाताको पूजा आराधना विशुद्ध चक्रमा ध्यान गरेर गर्ने गरिन्छ ।
यो दिन मातालाई केरा चढाउँदा शुभ लाभ हुने मानिन्छ । नवरात्रीअन्तर्गत भोलि घर–घरमा फूलपाति भित्र्याउने चलन छ ।
प्रतिक्रिया