टेकुस्थित ७ घाट बीचमा रहेकाे पचली भैरबकाे पीठमा घ्याम्पाे जात्रा गरी हनुमानढाेका दरबार लगिँदै
काठमाडाैं, असाेज २५ ।
काठमाडौंको टेकुमा रहेकाे पचली भैरबको घ्याम्पो जात्रा सुरु भएको छ । टेकुस्थित ७ वटा घाटको बीचमा रहेको उक्त पचली भैरबको पीठमा होम तथा पूजा गरी जात्रा सुरु भएको हो ।
दशैँको चौँथो र पाँचौँ दिन मनाइने यो जात्रामा भैरबको घ्याम्पोलाई खटमा राखेर टेकु, गोफल, लगनटोल, जैसीदेवल, चिंकमुगल, मरु गणेशस्थान हुँदै हनुमानढोका दरबारमा लग्ने गरिन्छ ।
सोही अवसरमा जीवित देवी कुमारीलाई समेत हनुमानढोका परिसरमा जात्रा अवलोकनका लागि लगिन्छ । मध्यरातमा अजिमासहित पचली भैरबमा बलीसमेत दिएर सोही बाटो हुँदै ज्यापु (महर्जन) समुदायको घरमा भैरबको घ्याम्पोलाई प्रतिस्थापन गर्ने गरिन्छ ।
प्रतिक्रिया