भूकम्प पीडितलाई सिप्रदीबाट ५५ लाखको राहत वितरण

प्रकाशित मिति: ४ मंसिर २०८०, सोमबार ०९:१६


काठमाडौं, मंसिर ४ ।
सिप्रदीद्वारा जाजरकोट र रुकुम पश्चिमको भूकम्प प्रभावित परिवारहरूलाई आधारभूत आवश्यकताका सामाग्रीहरू राहत स्वरूप वितरण गरिएको छ । सिप्रदीयन सहायता संस्था, टाटा ट्रष्ट भारत र सिप्रदी ट्रेडिङ्ग (प्रा.) लि.को संयुक्त प्रयासमा यहि कार्तिक २६ गतेका दिन जिल्ला प्रशासन कार्यालय, जिल्ला विपद् व्यवस्थापन समिति जाजरकोट र जिल्ला प्रशासन कार्यालय पश्चिम रुकुमअन्तर्गत आठबिसकोट नगरपालिका १३ र १४ वडा कार्यालयलाई रु. ५५ लाख बराबरको राहत सामग्री प्रदान गरिएको छ ।

तिहारमा लक्ष्मी पुजाको दिन संस्थाको प्रतिनिधित्व गर्दै सिप्रदीका ७ जना कर्मचारीहरूले जाजरकोट र पश्चिम रुकुममा राहत सामाग्रीहरू (त्रिपाल, म्याट्रेस, खाद्यान्न, साबुन र बढ्दै गरेको जाडोलाई मध्यनजर गर्दै न्यानो कपडा, सिरक, सिरानी र टोपीलगायतका अन्य सामाग्रीहरूको प्याकेज बनाएर सम्बन्धित कार्यालयहरूलाई हस्तान्तरण गरिएको थियो । संस्थाकाअनुसार हस्तान्तरण गरेको सामाग्रीहरूबाट करिब १,२०० घर परिवारका ४,८०० जना भूकम्प पीडितहरू प्रत्यक्ष लाभान्वित बनेका छन् ।

सिप्रदीयन सहायता संस्थाका वरिष्ठ उपाध्यक्ष शम्भुप्रसाद दाहालकाअनुसार, “भूकम्पका कारण आफ्नो घर गुमाएका र बासको बैकल्पिक व्यवस्था नभएका पीडितहरूलाई सिप्रदीयन सहायता संस्था, टाटा ट्रष्ट भारत र सिप्रदी ट्रेडिङ्गको संयुक्त प्रयासमा स्थानीय प्रशासनसँग समन्वय गर्दै राहत वितरण गरेका छौँ । प्रशासनको अहिलेको प्रमुख आवश्यकतालाई मध्यनजर गर्दै त्रिपाल, खाद्यान्न र न्यानो कपडाहरू हस्तान्तरण गरेका छौँ र भविष्यमा पनि सिप्रदीयन सहायता संस्था सक्रिय रहेर निरन्तर रूपमा सहयोग पुर्‍याउने नै छौँ ।”

आठबिसकोट, रुकुमका नगर प्रमुख रबि केसीकाअनुसार, “जाजरकोट केन्द्रबिन्दु भएर विनासकारी भूकम्प प्रभावित यस नगरपालिकाका जनताका लागि सिप्रदी सहायता संस्थाले गरेको खाद्यान्न, जिन्सी र औषधीलगायतका सामाग्रीको सहयोगप्रति हामी आभारी छौँ । यो सहयोगले यस प्रकोपले दुःखमा परेका नगरबासीलाई राहत मिलेको छ ।”

विगतमा पनि सिप्रदीयन सहायता संस्थाले टाटा ट्रष्टसँगको साझेदारीमा ‘नेपाल भूकम्प पुनस्थापना परियोजना’को सुरुवात गरेको थियो । सो परियोजनाअन्तर्गत २०७२ साल बैशाख १२ गतेको भूकम्पबाट अति प्रभावित र बैशाख २९ को शक्तिशाली पराकम्पको केन्द्रबिन्दु सिन्धुपाल्चोकमा ९ वटा विद्यालयहरू तथा एउटा स्वास्थ्य चौकीको पुनःनिर्माण र हस्तान्तरण गरेको थियो ।

सिप्रदीयन सहायता संस्थाको बारेमा
सन् २०१२ देखि सञ्चालनमा रहेको सिप्रदीयन सहायता संस्था गैरनाफामूलक, गैरसरकारी तथा गैरराजनीतिक सामाजिक संस्था हो । सिप्रदी ट्रेडिङ्ग प्राइभेट लिमिटेडद्वारा कम्पनीको सामाजिक उत्तरदायित्व जिम्मेवारीसम्बन्धी गतिविधिहरू सञ्चालन गर्न यस संस्थाको स्थापना गरिएको हो । यस संस्थाले शिक्षा, स्वास्थ, तालिम, खेलकुद, सामाजिक सेवा तथा प्राकृतिक विपद् र प्रकोपबाट पीडितहरूको आपत्कालीन उद्दार, सहयोग तथा पुनःस्थापनासम्बन्धी कार्यमा सहयोग गर्दै आएको पनि संस्थाले एक प्रेस विज्ञप्ति जारी गरी जनाएकाे छ ।


प्रतिक्रिया


ताजा खबर

More

अन्ततः तीनकुने हिंसाका मुख्य कमान्डर दुर्गा प्रसाई भारतमा पक्राउ

काठमाडाैं, चैत २८ । अन्ततः तीनकुने हिंसाका मुख्य कमान्डर दुर्गा प्रसाई भारतमा पक्राउ परेका.....