भोलि अत्यावश्यक काम भए मात्र घरबाट बाहिर निस्कन ट्र्राफिक प्रहरीको आग्रह

काठमाडौं, मंसिर ६ ।
भोलि बिहीबार काठमाडौं केन्द्रित प्रर्दशन हुन लागेपछि उपत्यका ट्राफिक प्रहरीले सवारी व्यवस्थापनमा कठिनाइ हुने भन्दै अत्यावश्यक काम भए मात्र घरबाट बाहिर निस्कन भनेको छ । आज बुधबार एक सूचना जारी गर्दै भोलि बिहीबार विभिन्न समूहले प्रदर्शन गर्ने भएकाले ट्राफिक व्यवस्थामा समस्या हुने भन्दै ट्र्राफिक प्रहरीलाई फोन गरी आफू जाने रुटको अवस्थाबारे जानकारी लिनसमेत भनेको छ ।
भोलि बिहीबार एमाले र दुर्गा प्रसाईंले प्रर्दशन गर्दैछन् । एमालेलाई प्रदर्शनका लागि तीनकुने क्षेत्र तोकिएको छ भने प्रसाईं समूहलाई बल्खु क्षेत्र तोकिएको छ । माइतीघरदेखि नयाँ बानेश्वर तथा राष्ट्रपति र प्रधानमन्त्री निवासनजिकको क्षेत्रलाई पनि निषेधित क्षेत्र तोकिएको छ ।
प्रतिक्रिया