गरिमा विकास बैंक लिमिटेडको १७ औँ वार्षिकोत्सवको कार्यक्रम सम्पन्न

प्रकाशित मिति: ७ मंसिर २०८०, बिहीबार २०:०१


काठमाडाैं, मंसिर ७ ।
‘Access to All’ मूल नारालाई आत्मसाथ गर्दै ग्राहकमैत्री एवं नविनतम डिजिटल बैंकिङ्ग सेवा प्रवाह गर्दै आइरहेको नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गकाे इजाजत पत्र प्राप्त राष्ट्रियस्तरकाे विकास बैंक गरिमा विकास बैंक लिमिटेडले आज बिहीबार आफ्नो स्थापनाकालको १६ औँ वर्ष पूरा गरी १७ औँ बसन्तमा प्रवेश गरेको छ । यस गरिमामय यात्रामा निरन्तर साथ दिनुहुने सेवाग्राही, शेयरधनी महानुभावहरू, नियमनकारी निकायहरू, कर्मचारी तथा शुभेच्छुकहरू प्रति हार्दिक कृतज्ञतासमेत व्यक्त गरेकाे छ ।

काठमाडौंको लाजिम्पाटमा आफ्नाे केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंकले नेपालको विभिन्न शहरी तथा ग्रामिण जिल्लाहरूमा १ सय २३ वटा शाखा कार्यालय र ५१ वटा एटीएमबाट सरल, सुरिक्षत एवम् गुणस्तरीय बैंकिङ्ग सेवा प्रवाह गरिरहेको छ । हाल प्रकाशित चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार गरिमा विकास बैंकले रु. ८० अर्ब निक्षेप संकलन गरेको छ भने करिब रु. ६८ अर्ब कर्जा लगानीमा रहेको छ । करिब ८ लाख ग्राहकहरूलाई सेवा पुर्‍याइरहेको गरिमा विकास बैंकले आफ्नो वासलात एवं अन्य प्रमुख वित्तीय सूचकहरूमा निरन्तर उत्साहजनक तथ्य प्रस्तुत गरिरहेको छ ।

गरिमा विकास बैंकले आफ्नो १७ औँ वार्षिकोत्सवको अवसरमा देशको राजधानी काठमाडौंको पुतलीसडकमा १ सय २३ औँ शाखा विस्तार गरेको छ भने देशैभर एकैदिन निम्न १७ वटा संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूसमेत आयोजना गरेको छ :

१. रक्तदान कार्यक्रम : विकास बैंकको प्रधान कार्यालय, लाजिम्पाटमा आयोजित रक्तदान कार्यक्रमबाट १ सय ९ युनिट रगत संकलन भएको छ ।
२. रक्तदान कार्यक्रम : विकास बैंकको क्षेत्रीय कार्यालय नारायणगढमा आयोजित रक्तदान कार्यक्रमबाट १ सय ५२ युनिट रगत संकलन भएको छ ।
३. रक्तदान कार्यक्रम : विकास बैंकको क्षेत्रीय कार्यालय पोखरामा आयोजित रक्तदान कार्यक्रमबाट १ सय ५ युनिट रगत संकलन भएको छ ।
४. गलेश्वरधाम जेष्ठ नागरिक आश्रम, म्याग्दीमा न्यानो कपडा वितरण
५. श्री शिव पार्वती बृद्धाश्रम तथा बहुउद्देश्यीय संस्था, स्याङ्जामा न्यानो कपडा वितरण
६. गुरुकूल बृद्धाश्रम, स्याङ्जामा न्यानो कपडा वितरण
७. बिर्तामोड नगरपालिका, झापाको सबै वडाहरूका लागि डस्टबिन हस्तान्तरण
८. भृकुटीपथ टोल विकास संस्था एवं पुतलीबजार टोल विकास संस्था, चितवनमा डस्टबिन हस्तान्तरण
९. श्री जनता माध्यामिक विद्यालय, मलंगवा, सर्लाहीमा अध्ययनरत कक्षा १ का ८५ जना विद्यार्थीहरूका लागि स्कूल ब्याग वितरण
१०. अनाथ तथा असहाय महिला कल्याण समाज, रूपन्देहीको अनाथ आश्रममा आवश्यक ईन्भर्टर हस्तान्तरण
११. प्रशान्ति बृद्धाश्रम केन्द्र (सुर्खेत)लाई आवश्यक बेड हस्तान्तरण
१२. ट्राफिक व्यवस्थापनलाई थप सहजीकरण गर्ने हेतुले क्षेत्रीय ट्राफिक कार्यालय ईटहरीको समन्वयमा डिजिटल बोर्ड स्थापना
१३. वित्तीय जागरुकताका लागि नेशनल इन्फोटेक कलेज, विरगञ्जमा वित्तीय साक्षरता कार्यक्रमको आयोजना
१४. सेती प्रादेशिक अस्पताल, धनगढीमा आर्थिक सहयोग एवं अस्पतालमा भर्ना भएका बिरामीहरूलाई फलफूल वितरण
१५. काठमाडौंको बुढानिलकण्ठ मन्दिरलाई १०० थान कुर्सी हस्तान्तरण
१६. नेपाल प्रहरी अनाश्रित गुल्म, सुन्धारालाई भिजिटर कुर्सी हस्तान्तरण
१७. अमर सेवा नेपाल अनाथ आश्रमलाई आवश्यक कम्प्यूटर र प्रिन्टर हस्तान्तरणलगायत कार्य गरेकाे बैंकले एक प्रेस विज्ञप्ति जारी गरी जनाएकाे छ ।


प्रतिक्रिया


ताजा खबर

More

अन्ततः तीनकुने हिंसाका मुख्य कमान्डर दुर्गा प्रसाई भारतमा पक्राउ

काठमाडाैं, चैत २८ । अन्ततः तीनकुने हिंसाका मुख्य कमान्डर दुर्गा प्रसाई भारतमा पक्राउ परेका.....