यही २४ गतेदेखि मंगलबजारदेखि लगनखेलसम्म फुटपाथ पसल प्रतिबन्धित

प्रकाशित मिति: १९ मंसिर २०८०, मंगलवार २१:४८


काठमाडौं, मंसिर १९ ।
ललितपुर महानगरपालिकाले मंगलबजारदेखि लगनखेल क्षेत्रलाई ‘फुटपाथ पसल निषेधित क्षेत्र’ घोषणा गरेको छ । आज मंगलबार महानगर प्रहरीले सूचना टाँस्दै मंसिर २४ गतेदेखि मंगलबजारदेखि लगनखेल क्षेत्र फुटपाथ पसल निषेधित क्षेत्र हुने जनाएको हो ।

अब नगर प्रहरीले उक्त क्षेत्रमा फुटपाथ पसल राख्न दिने छैन । फुटपाथ व्यापारीको संख्या अत्याधिक बढेपछि सुरक्षाका दृष्टिले समेत समस्या परेको प्रहरीको तर्क छ ।

यसअघि, ललितपुर महानगरपालिकाले बेलुका ६ बजेपछि फुटपाथ व्यापार गर्न दिएको थियो भने बिहान ८ बजेसम्म फलफूल तथा तरकारी पसल राख्न छुट दिएको थियो ।


प्रतिक्रिया


ताजा खबर

More

अन्ततः तीनकुने हिंसाका मुख्य कमान्डर दुर्गा प्रसाई भारतमा पक्राउ

काठमाडाैं, चैत २८ । अन्ततः तीनकुने हिंसाका मुख्य कमान्डर दुर्गा प्रसाई भारतमा पक्राउ परेका.....