माछापुच्छ्रे बैंक र सेन्ट जेभियर्स कलेजबीच विद्यार्थीको क्षमता अभिवृद्धिसम्बन्धी साझेदारी

काठमाडौं, माघ १५ ।
नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत पत्र प्राप्त संस्था माछापुच्छ्रे बैंक लिमिटेडले सेन्ट जेभियर्स कलेजसँग डिजिटल बैंकिङ्ग प्रबर्द्धनअन्तर्गत विद्यार्थीको क्षमता अभिवृद्धिको लागि साझेदारी गरेको छ । उक्त साझेदारीअन्तर्गत बैंकले कलेजको आन्तरिक कार्यक्रम एसएक्ससी स्यान्डबक्सलाई प्रायोजन गरेको हो ।
एसएक्ससी स्यान्डबक्स एक आइटीसम्बन्धी रमाइलो ४८ घण्टा अवधिको ह्याकाथन कार्यक्रम आयोजना गरेको थियो जहाँ सहभागीहरूलाई सूचना तथा प्रविधिसम्बन्धी कार्य र रचनात्मक समस्या समाधानमा संलग्न हुन प्रेरित गर्दछ ।
डिजिटल बैंकिङ्गमा आक्रमक बन्दै देशका हरेक स्थानमा सरल र सहज सेवा विस्तार गर्ने क्रममा माछापुच्छ्रे बैंकले उक्त कलेजसँग आन्तरिक कार्यक्रम एसएक्ससी स्यान्डबक्सलाई प्रयोजन गरी यसबाट बिजेता टीमलाई ६ महिनाको लागि बैंकले आफ्नै निगरानीमा राखी विभित्र आन्तरिक तथा ग्राहकमुखी इनोभेसनसम्बन्धी काम गर्नको लागि आवश्यक अवसर प्रदान गर्नेछ ।
जसले गर्दा बैंकले आइटी विषय लिई अध्यनरत विद्यार्थीहरूलाई व्यावहारिक ज्ञान लिन प्रभावकारी भूमिका खेल्न मद्दत गर्दछ । यस प्रकारको सम्झौताले माछापुच्छ्रे बैंक र सेन्ट जेभियर्स कलेजको सम्बन्धमा नयाँ आयाम थपेको बैंकले एक प्रेस विज्ञप्ति जारी गरी जनाएको छ ।
प्रतिक्रिया