माछापुच्छ्रे बैंकद्वारा सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यार्थीहरूलाई न्यानाे कपडा वितरण

काठमाडाैं, माघ १९ ।
नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गकाे इजाजत पत्र प्राप्त संस्था माछापुच्छ्रे बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न प्रदेशमा रहेका सरकारी विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरेको छ ।
बैंकले बढ्दै गइरहेको जाडो मौसमलाई मध्यनजर गर्दै आर्थिक अवस्था कमजोर रहेका कोशी प्रदेशको उदयपुर जिल्लास्थित श्री आधारभूत विद्यालय (इसिडी-८)सिवाई बेल्हा, त्यस्तै श्री माध्यमिक विद्यालय कालिखोलाका विद्यार्थीहरूलाई विद्यालय पोशाकअनुसारको रङको स्वीटरहरू वितरण गरेको हो ।
यसैगरी, बैंकले मधेश प्रदेशको सिरहा जिल्लास्थित श्री जनता आधारभूत विद्यालय मिर्चैयामा अध्ययनरत विद्यार्थीहरूलाई पनि जाडोको न्यानो स्वीटर हस्तान्तरण गरेको छ । बैंकले विद्यालयहरूसँगकाे समन्यवमा ती विद्यालयहरूमा अध्ययनरत विपन्न, गरिब तथा जेहेन्दार बालबालिकाको स्वास्थ्यलाई मध्यनजर गर्दै जम्मा ३ सय १० थान स्वीटर वितरण गरेको हो ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत देशका सातै प्रदेशहरूमा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै शिक्षा, स्वास्थ्य, दीगो विकासलगायतका अन्य कामहरूमा स्थानीय निकायहरूसँग सहकार्य गर्दै आइरहेको बैंकले एक प्रेस विज्ञप्ति जारी गरी जनाएकाे छ ।
प्रतिक्रिया