कामना सेवा विकास बैंकद्वारा विद्यालयलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण

प्रकाशित मिति: २३ माघ २०८०, मंगलवार १५:४६


काठमाडाैं, माघ २३ ।
नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गकाे इजाजत पत्र प्राप्त राष्ट्रियस्तरकाे विकास बैंक कामना सेवा विकास बैंक लिमिटेडले तनहुँको एक विद्यालयलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शाखा कार्यालय डुम्रे, तनहुँमार्फत् सालबिस्नेस्थित सत्यवती देवी आधारभूत विद्यालयलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण गरेको हो ।

बैंकका शाखा कार्यालय डुम्रेका शाखा प्रमुख बलराम लम्सालले सत्यवती देवी आधारभूत विद्यालयको प्रधानाध्यापक ईश्वरबहादुर देवकोटाको उपस्थितिमा शैक्षिक तथा खेलकुद सामग्री वितरण गरेका हुन् ।

उक्त कार्यक्रममा विद्यालयका विद्यार्थीहरू, शिक्षकहरू तथा स्थानीय महानुभावहरूका साथै बैंकका कर्मचारीहरूको उपस्थिति रहेको थियो । याेसँगै बैंकले आगामी दिनहरूमा समेत सरोकारवालाहरूको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका सामाजिक कार्यहरूलाई निरन्तरता दिँदै जाने बैंकले एक प्रेस विज्ञप्ति जारी गरी जनाएकाे छ ।


प्रतिक्रिया


ताजा खबर

More

अन्ततः तीनकुने हिंसाका मुख्य कमान्डर दुर्गा प्रसाई भारतमा पक्राउ

काठमाडाैं, चैत २८ । अन्ततः तीनकुने हिंसाका मुख्य कमान्डर दुर्गा प्रसाई भारतमा पक्राउ परेका.....