देश निर्माणद्वारा दुर्गम एक विद्यालयमा शैक्षिक सामाग्री र निःशुल्क दन्त शिविर (फाेटाे फिचर)

काठमाडाैं, फागुन १३ ।
ललितपुर काेपुण्डाेल-१० स्थित रहेकाे सामाजिक संस्था “देश निर्माण युवा समाज नेपाल Nation Building Youth Society Nepal” द्वारा आफ्नाे सामाजिक उत्तरदायित्वअन्तर्गत यही फागुन १२ गते शनिबारका दिन राेशी गाउँपालिका वडा नं.-११, भैँसेडाँडा, काभ्रेमा अवस्थित श्री बुद्धबाल आधारभूत विद्यालयमा अध्ययनरत् बाल कक्षादेखि ५ कक्षासम्मका ६५ जना विद्यार्थीहरूलाई स्कूल ब्याग, कापी, कलम, इलेजर, कट्टर, डटपेन, पुस्तकालयकाे लागि विभिन्न किताबहरू तथा पम्प्लेटसहित स्कूलका अभिभावकहरूलाई छुट्टै राताे पेनसहित विद्यालयलाई कक एक दर्जन ब्याटमिन्टन दुई सेट, फुटबल र डस्टबिन वितरण कार्य सभ्य र भव्य रूपमा सम्पन्न गरेकाे छ । त्यस्तै, उपस्थित सम्पूर्ण विद्यार्थीहरू र अभिभावकहरूलाई पाउराेटी र कुकिजसहित खाजाकाे व्यवस्थासमेत गरी कार्यक्रम सम्पन्न गरेकाे हाे ।
यसैबीच, संस्थाले निःशुल्क दन्त शिविरकाे पनि आयाेजना गरिएकाे थियाे । जसमा १२३ जनाले दन्त शिविरकाे लाभ लिएका थिए । दन्त परीक्षणपश्चात् सबै जनालाई संस्थाकै तर्फबाट टुथपेस्ट र ब्रस पनि निःशुल्क रूपमा वितरण गरिएकाे थियाे । दन्त शिविर सफलतापूर्वक सम्पन्न गर्न नर्सहरू क्रमशः प्रियंका साह र जुनि तामाङ र नर्सहरूलाई सहयाेगीकाे रूपमा निराजन विक्रम रायमाझीले आफ्नाे अमूल्य भूमिका निर्वाह गरेका थिए भने काेपुण्डाेलस्थित एपेक्स डेण्टल केयरका प्रमुख हेमराज भट्टले दन्त शिविरका लागि अमूल्य याेगदान दिएका हुन् ।
कार्यक्रमकाे अन्त्यमा उपस्थित सबै विद्यार्थी र अभिभावकहरूलाई मनाेरञ्जन प्रदान गरिएकाे थियाे । जसमा गजलकार शिशिर बुढाथाेकीले हाँस्य ब्यङ्गसहित गजल प्रस्तुत गरेका थिए भने गीत बजाएर नाचगान गरी अन्त्यमा विद्यालयकाे तर्फबाट संस्थालाई र दन्त शिविर सञ्चालनका लागि उपस्थित दुई जना नर्स, कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सहयाेग गर्ने विभिन्न व्यक्ति र संस्थाका प्रतिनिधिहरूलाई प्रशंसा पत्र प्रदान गरिएकाे थियाे ।
संस्थाका संस्थापक सल्लाहकार गाेकुल थापाकाे सभापतित्वमा सुरु भएकाे साे कार्यक्रममा प्रमुख अतिथीकाे रूपमा संस्थाका संस्थापक अध्यक्ष खेमबहादुर बुढाथाेकी ‘शिशिर’ले गरेका थिए भने अतिथीहरूमा क्रमशः संस्थाका वरिष्ठ उपाध्यक्ष रामकुमार पुराकाेटी, विद्यालयका प्रधानाध्यापक सन्जीब कुमार स्याङ्तान, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ताक्त मान तामाङ, भराेसा नेपाल संस्थाका प्रतिनिधि युनिक भण्डारीलगायत रहेका थिए ।
संस्कारित विद्यार्थीले नमस्कार गर्दै गर्दा आफ्नाे जिम्मेवारी पूरा गरेपछि सबैकाे मन छाेएकाे थियाे ।
प्रतिक्रिया