नेपाली युवा उद्यमी मञ्चद्वारा स्टार्टअप र उद्यमशिलता प्रबर्द्धनमा राष्ट्रिय नीति संवाद २०२४ सम्पन्न

काठमाडाैं, फागुन १६ ।
नेपाली युवा उद्यमी मञ्च (NYEF) ले ILO-SALE परियोजनासँगको सहकार्यमा यहीँ फेब्रुअरी २७ तारिखका दिन विशेष अतिथीहरूको उपस्थिति र चिन्तनमूलक छलफलसहित होटल हिमालयमा राष्ट्रिय नीति संवाद २०२४ सफलतापूर्वक आयोजना गरी सम्पन्न गरेकाे छ ।
कार्यक्रमका प्रमुख अतिथी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव एकनारायण अर्याल रहेका थिए भने विशेष अतिथीका रूपमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयकाे तर्फबाट खोमराज कोइरालाको समेत उपस्थिति रहेको थियो । NYEF राष्ट्रिय गभर्निङ काउन्सिलका प्रथम उपाध्यक्ष कुशल सुन्दर श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए ।
उद्घाटन सत्रमा आभूषण ज्योति कंसाकार, NYEF स्टार्टअप अध्यक्षले देशमा स्टार्टअपको स्थिति, चुनौति, अवसरहरू र स्टार्टअपहरूको उत्कृष्ट अभ्यासहरू साझा गरेका थिए । कंसाकारले सरकारसँग युवा उद्यमीहरूको दवाबपूर्ण मागलाई जोड दिँदै उनीहरूको आवश्यकतालाई गम्भीरतापूर्वक विचार गर्न आग्रह गरे ।
कार्यक्रमकाे दोश्राे हाफमा आकर्षक प्यानल छलफलको साथ जारी रहेकाे थियाे भने जसमा धनीराम शर्मा (सहसचिव, अर्थ मन्त्रालय), जिबलाल भुसाल (सहसचिव, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय), अञ्जन श्रेष्ठ (वरिष्ठ उपाध्यक्ष FNCCI), निविता प्रधान (द्वितीय उपाध्यक्ष NYEF राष्ट्रिय गभर्निङ काउन्सिल) र प्रकाश शर्मा (राष्ट्रिय परियोजना संयोजक, ILO) रहेका थिए । छलफलमा सरकार र युवा उद्यमीहरूबीचको सहकार्यलाई बढावा दिने महत्वपूर्ण पक्षहरूमा छलफल भएको थियो ।
विभिन्न युवा उद्यमीहरू, विद्यार्थीहरू, सञ्चारकर्मीहरू र विशिष्ट अतिथीहरूको उपस्थितिमा, कार्यक्रमले नेटवर्किङ र ज्ञान आदान-प्रदानको लागि मञ्च प्रदान गरेकाे थियाे । साझेदार संस्थाहरूको समर्थनले संवादमा महत्त्वपूर्ण मूल्य थपेको छ ।
कार्यक्रमको समापन NYEF का अध्यक्ष सहारा जोशीले हार्दिक आभार प्रकट गर्दै सबै सहभागीहरूलाई कृतज्ञता व्यक्त गर्दै युवाहरूलाई उद्यमशील परिदृश्यमा सशक्त बनाउन निरन्तर सहयोगको महत्त्वमा जोडसमेत दिएकी थिइन् ।
प्रतिक्रिया