१० वर्षीया बालिकामाथि जबरजस्ती करणी अभियाेगमा ५७ वर्षीय पुरुष पक्राउ

काठमाडाैं, फागुन २६ ।
तनहुँबाट एक १० वर्षीया नाबालिकामाथि बजरजस्ती करणी गरेकाे अभियाेगमा एक पुरुष पक्राउ परेका छन् । ब्यास नगरपालिका-११ चिसापानी नवआदर्श टाेल बस्दै आएका ५७ वर्षीय प्रेमबहादुर सार्कीलाई आज शनिबार दिउँसाे प्रहरीले पक्राउ गरेका हुन् ।
अभियुक्त सार्कीले ती बालिकामाथि डरत्रास र ललाई फकाई गरी सोही ठाउँस्थित जंगलको एक झाडीमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान अगाडि बढाइएकाे छ ।
यसैबीच, ओखलढुङ्गामा एक ४५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मोलुङ गाउँपालिका-६ बस्दै आएका ३७ वर्षीय मुगे भन्ने रुद्रबहादुर तामाङलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । तामाङले ती महिलामाथि सोही ठाउँस्थित कार्तिके जंगलमा बिहीबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बरुणेश्वरबाट खटिएको प्रहरीकाे टाेलीले पक्राउ गरेको हो । यस घटना सम्बन्धमा पनि प्रहरीले थप आवश्यक अनुसन्धान अगाडि बढाएकाे छ ।
प्रतिक्रिया