घुस रकमसहित दुई जना प्रहरी पक्राउ

प्रकाशित मिति: २८ फाल्गुन २०८०, सोमबार १९:५०


काठमाडाैं, फागुन २८ ।
प्रहरी चाैकी, कान्तिबजार महाेत्तरीका इञ्चार्ज र वरिष्ठ हवल्दारलाई घुस रकमसहित अख्तियार दुरूपयाेग अनुसन्धान आयाेगले पक्राउ गरेकाे छ ।

आयाेगले उनीहरूलाई व्यक्तिले ‘लिज’मा लिएर भोगचलन गर्दै आएको जग्गामा खेतीपाति तथा व्यावसायमा बाधा/अवरोध गरेको विषयमा सेवाग्राहीसँग घुस माग्दै गरेको अवस्थामा पक्राउ गरेको हो ।

महोत्तरी जिल्ला अदालतबाट भएको फैसला कार्यान्वयन नगर्नका लागि छलफल गराउने भनी सेवाग्राहीसँग प्रहरी सहायक निरीक्षक शर्माप्रसाद यादव र वरिष्ठ हवल्दार मन्जितकुमार झाले २० हजार लिँदै गरेको अवस्थामा आयोगको टोलीले पक्राउ गरेको हाे ।

गौशाला नगरपालिका-१२ गौरीटोलबाट पक्राउ परेका दुबै जनामाथि थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता नरहरी घिमिरेले जानकारी दिएका छन् ।


प्रतिक्रिया


ताजा खबर

More

अन्ततः तीनकुने हिंसाका मुख्य कमान्डर दुर्गा प्रसाई भारतमा पक्राउ

काठमाडाैं, चैत २८ । अन्ततः तीनकुने हिंसाका मुख्य कमान्डर दुर्गा प्रसाई भारतमा पक्राउ परेका.....