घाँटी रेटिएकाे अवस्थामा एक युवककाे शव फेला

काठमाडाैं, फागुन २९ ।
सुर्खेतको वीरेन्द्रनगरमा घाँटी रेटिएको अवस्थामा एक जना युवकको शव फेला पारिएकाे छ ।
आज मंगलबार दिउँसो बारा घर भई वीरेन्द्रनगर-९ लाटीकोइलीस्थित दैलेखी टोल बस्ने करिब ३२ वर्षीय अनिल पट्टेलको शव घाँटी रेटिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
प्रहरीले दिएकाे जानकारीअनुसार उनको घाँटीमा गहिरो चोट लागेको छ भने घटनास्थलबाट रगत लागेको चुलेसीसमेत बरामद भएको छ ।
प्रहरी श्राेतकाअनुसार मृतकको कोठामा रगत लागेको चुलेसी फेला परेको हो ।
यस्तै, उक्त शवलाई सुरक्षित राखिएकाे र परिवार आएपछि हामी थप प्रक्रिया अगाडि बढ्ने प्रहरीले उल्लेख गरेको छ ।
घटनाबारे थप अनुसन्धान अगाडि बढाइसकेकाे प्रहरीले जनाएको छ ।
प्रहरीकाअनुसार ती युवक चार वर्षदेखि सुर्खेतमा टायल तथा मार्बल फिटिङको काम गर्दै आएका थिए ।
प्रतिक्रिया