श्रीमतीको हत्यापश्चात् श्रीमानले गरे आत्महत्या

काठमाडाैं, चैत्र ७ ।
मोरङको बेलबारी नगरपालिका-१ मा गएराति श्रीमतीको हत्या गरी श्रीमान् स्वयमले आत्महत्या गरेका छन् ।
४५ वर्षीया श्रीमती गीता लिम्बुको हत्या गरेर श्रीमान ६० वर्षीय बमबहादुर लिम्बुले पनि आत्महत्या गरेका हुन् । बमबहादुरले श्रीमतीको टाउकोमा दाउ प्रहार गरेका प्रहरीले जनाएको छ । गीताको शरीरका विभिन्न भागमासमेत चोट देखिएको छ ।
पत्नीको हत्या गरेपछि बमबहादुरले पनि त्यही दाउले आफ्नो घाँटी रेटेर आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । बमबहादुरलाई घाँटी रेटेर गम्भीर घाइते भएको अवस्थामा प्रहरीले फेला पारेको थियो ।
उनको विराटनगरको नोबेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । हत्याको कारण भने खुली नसकेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया