प्रहरी नियन्त्रणबाट छुटे लगत्तै बञ्चरो प्रहार गरी बुबाको हत्या

प्रकाशित मिति: ७ चैत्र २०८०, बुधबार १७:२६


काठमाडाैं, चैत्र ७ ।
सप्तरीको सप्तकोशी नगरपालिकाका एक युवकले प्रहरी नियन्त्रणबाट छुटे लगत्तै सप्तरीको बञ्चरो प्रहार गरी बुबाको हत्या गरेका छन् । सप्तरीको सप्तकोशी नगरपालिका-३ नयाँबस्ती (मुसहरी टोल) का एक २२ वर्षीय लालदेव सदाले बञ्चरो प्रहार गरी आफ्नै बुबा ४५ वर्षीय हिराइ सदाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

दुई जना छिमेकीलाई कुटपिट गरी टाउको फुटाएको आरोपमा ईलाका प्रहरी कार्यालय कञ्चनरूपको हिरासतमा रहेका लालदेव मंगलबार मात्रै छुटेर घर आएका थिए । स्थानीय जनप्रतिनिधिकाअनुसार करिब २४ घण्टा प्रहरी नियन्त्रणमा रहेर छुटेका उनले थुनामा बस्नु परेको रिसमा बुबाको हत्या गरेको जनाइएको छ ।

बुबा हिराइ र ठूलो बुबा ५५ वर्षीय दशन सदाले सम्झाउन खोज्दा आवेशमा आएका लालदेवले आक्रमण गरेको छिमेकीहरूले जनाएको वडा सदस्य रमेश थापाले जानकारी दिए । बुबालाई बञ्चरोले प्रहार गरेपछि उनले ठूलो बुबा दशन सदालाई पनि आक्रमण गरेका थिए ।

दशनको टाउको तथा शरीरका अन्य विभिन्न भागमा गम्भीर चोट लागेको छ । प्रहरीकाअनुसार घाँटीमा बञ्चरो प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको छ भने घाइते दशनको सप्तकोशी नगरपालिकाको फतेपुरस्थित स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

हत्या आरोपमा लालदेवलाई प्रहरीले बञ्चरोसहित पक्राउ गरेर थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया


ताजा खबर

More

अन्ततः तीनकुने हिंसाका मुख्य कमान्डर दुर्गा प्रसाई भारतमा पक्राउ

काठमाडाैं, चैत २८ । अन्ततः तीनकुने हिंसाका मुख्य कमान्डर दुर्गा प्रसाई भारतमा पक्राउ परेका.....