कक्षा-१२ मा अध्ययनरत् २१ वर्षीया श्रेष्ठको घाँटी रेटेर हत्या

प्रकाशित मिति: ८ चैत्र २०८०, बिहीबार १४:३८


काठमाडाैं, चैत्र ८ ।
धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको परिसरमा हत्या गरेको अवस्थामा फेला परेकी युवतीको शवको पहिचान खुलेको छ । उक्त शव धरान-१६ निवासी महेन्द्र श्रेष्ठकी २१ वर्षीया छोरी सुमना श्रेष्ठको भएको प्रहरीले जनाएको छ ।

उनको शव बुधबार दिउँसो विपी प्रतिष्ठान र डिपोट स्कूलबीचको एकान्त ठाउँमा घाँटी रेटेर हत्या गरेको अवस्थामा फेला परेको थियो । शव फेला परेसँगै प्रहरीले तालिम प्राप्त कुकुरको समेत सहयोगमा अनुसन्धान अगाडि बढाएको थियो ।

युवतीका आफन्तले प्रहरीमा जाहेरी दिइसकेकोले प्रहरीले घटनाबारे थप अनुसन्धान अगाडि बढाएको छ । उनको बलात्कारपछि हत्या भएको हुनसक्ने आफन्तको दाबी रहेको छ । ईलाका प्रहरी कार्यालय धरानकाअनुसार आफन्तले दिएको क्लुका आधारमा अपराधीनजिक पुगिसकेको प्रहरीले दाबी गरेको छ । हत्या लगत्तै त्यस क्षेत्रका केही व्यक्तिहरू फरार रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । उनीहरूको खोजी तीब्र पारेको प्रहरीले जनाएको छ ।

युवतीको शव बुधबार साँझ अभिभावक आएर सनाखत गरेका छन् । उनी धरानकै एक कलेजमा कक्षा-१२ मा अध्ययनरत् थिइन् ।

बुधबार दिउँसो साढे २ बजेतिर बाख्रा चराउन गएकी महिलाले सडक छेउको खोल्सामा घोप्टो परेको अवस्थामा युवतीको शव देखेकी थिइन् । त्यसपछि प्रहरीलाई खबर गरिएको थियो । प्रहरीले घटनास्थलबाट केही पर खुकुरीसमेत फेला पारेको जनाएको छ ।

युवतीको शव पोस्ट मार्टमका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ । उनको आजै अन्त्येष्टि गर्ने परिवारले जानकारी दिएको छ ।


प्रतिक्रिया


ताजा खबर

More

अन्ततः तीनकुने हिंसाका मुख्य कमान्डर दुर्गा प्रसाई भारतमा पक्राउ

काठमाडाैं, चैत २८ । अन्ततः तीनकुने हिंसाका मुख्य कमान्डर दुर्गा प्रसाई भारतमा पक्राउ परेका.....