ललितपुरमा दुई समूहबीच झडप हुँदा दुईको हत्या, १८ पक्राउ

काठमाडाैं, चैत्र १२ ।
ललितपुर महानगरपालिका-२६ ढोलाहिटीमा गएराति दुई समूहबीच झडप हुँदा दुई जनाको हत्या भएको छ ।
राति करिब ९ बजेको समयमा दुई समूहबीच झडप हुँदा दुई जनाको ज्यान गएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता, प्रहरी उपरीक्षक नरेशराज सुवेदी जानकारी दिएका छन् । “राति ११ बजे पाटन अस्पतालमा घाइतेलाई ल्याएपछि प्रहरीलाई जानकारी भयो । तत्कालै घटनास्थलमा खटिएर केही व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ गर्ने काम भइरहेको छ । घटनाको कारण खुल्न सकेको छैन”, उनले भने ।
मृत्यु हुनेमा सुनसरी जिल्लाको धरान घर भई हाल ढोलहिटी बस्ने २८ वर्षीय रोवस राई र पाँचथर जिल्ला घर भई हाल खुमलटार बस्ने ३० वर्षीय पुजन राई रहेको प्रवक्ता सुवेदीले बताए । शव पाटन र सुमेरु अस्पतालमा राखिएको छ । घटनामा संलग्न भएको आशंकामा प्रहरीले गएराति नै १८ जनालाई नियन्त्रणमा लिइएको छ ।
प्रतिक्रिया