२१ वर्षीया श्रीमतीकाे हत्या आराेपमा श्रीमान् पक्राउ

प्रकाशित मिति: १३ चैत्र २०८०, मंगलवार ११:०३


काठमाडाैं, चैत्र १३ ।
बाँकेको कोहलपुरमा आफ्नै श्रीमतीकाे हत्या गरेकाे आरोपमा एक युवक पक्राउ परेका छन् ।

कोहलपुर नगरपालिका-१४ पार्वतीपुरमा डेरा गरी बस्दै आएका २२ वर्षीय अनिल विकलाई श्रीमतीकाे हत्या आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

बर्दियाको बाँसगढी-४ घर भएका र हाल कोहलपुर-१४ मा बस्दै आएका विकले गएराति १० बजे २१ वर्षीया आफ्नै श्रीमती सुशिला सुनारको हत्या गरेकाे जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी नारायण डाँगीले जानकारी दिएका छन् ।

‘घरायसी विवादमा उनले श्रीमतीकाे हत्या गरेको देखिन्छ,’ डीएसपी डाँगीले भने, ‘हामी घटनाको थप अनुसन्धानकै क्रममा छौँ ।’

उनीहरूको चार महिनाअघि मात्रै विवाह भएको प्रहरीले जनाएको छ । सुनारको माइत जाजरकोट रहेकाे छ ।

‘डेरामा उनीहरू दुई जना मात्रै बस्दा रहेछन्,’ डाँगीले भने, ‘राति पत्नीसँग झगडा हुँदा अनिलले धारिलो हतियारले ढाडमा प्रहार गरेछन् । गम्भीर अवस्थाकी पत्नीलाई उनैले उपचारको लागि नेपालगञ्ज मेडिकल कलेज कोहलपुर पुर्‍याएको पाइएको छ । अस्पतालमा उपचारको क्रममा सुशिलाको मृत्यु भएको हो ।’

अनिल कोहलपुर-१४ पार्वतिपुरस्थित हेम्पाइप फ्याक्ट्रीमा काम गर्ने एक मजदुर हुन् ।

प्रहरीले अनिललाई अस्पताल परिसरबाटै नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक देवराज भट्टराईले जानकारी दिए ।

उनीहरूको डेराबाट प्रहरीले रगत लागेको धारिलो हतियार पनि बरामद गरिएको जनाएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

सप्तरीमा भीषण आगलागी हुँदा सयभन्दा बढी घर जलेर नष्ट, तीब्र गतिकाे हावाका कारण ठूलाे क्षति

काठमाडाैं, बैशाख १८ । सप्तरीको महादेवा गाउँपालिकामा भीषण आगलागी भएको छ । उक्त आगलागीबाट एक.....